Wednesday, July 4, 2012

पश्चिमी मुलुकका पोर्न स्टार अहिले निकै जटिल परिस्थितिमा

पश्चिमी मुलुकका पोर्न स्टार अहिले निकै जटिल परिस्थितिमा समना गरिरहेका छन् । उनीहरुसँग हाल काम पनि छैन जसले गर्दा उनीहरुको आम्दानीको श्रोत घट्दो छ । पोर्न स्टारहरुको आन्दानीको श्रोत घट्नुको प्रमुख कारण भने इन्टरनेट भएको छ ।
इन्टरनेटको कारण पोर्न फिल्म बिना खर्च घर घर सम्म पुगेको छ । डिभीडी बेचेर हुने कमाइ हातबाट छुटेको छ । इन्टरनेट र युट्युब जस्ता वभेसाइका कारण घरमै बसी सजिलै डाउनलोड हुन थालेपनि पोर्न स्टारहरुले बनाएको डिभीडिको ब्रिक्री वितरणमा कमी आएको छ । अमेरिकाको सबैभन्दा ठुलो पोर्न स्टार टामी गन गत आठ वर्षदेखि पोर्न फिल्ममा काम गरिरहेका छन् । उनले करिब १२ सय फिल्म काम गरेका छन् । उनको शरीर सुडौल छ । जवान पनि छन् । पोर्न स्टार जगतमा उनी निकै प्रख्यात छन् । टाँमी गनले पोर्न फिल्ममा काम गरेबापत शील्ड र पुरस्कार पनि प्राप्त गरेका छन् । यो शील्ड व्यवसायिक चलचित्रमा काम गर्दा प्राप्त हुने ओस्कार पुरस्कारजस्तै मानिने गर्छ पोर्न फिल्म जगतमा ।
निलो चलचित्र हेर्ने करोडौ दर्शकलाई पुरुष अभिनेताको जीवन रंगिन लाग्न सक्छ । किनभने कुनै सुन्दर महिलाका साथ सातामा पाँचदेखि ५ पटकसम्म सेक्स गर्नका लागि उनीहरुलाई पैसा प्राप्त हुने गर्दछ । तर, उनीहरुले हरेक सीनका लागि १५० अमेरिकी डलर मात्र प्राप्त गर्दछन् । जुन अमेरिकी जीवनस्तरको तुलनामा आम पारिश्रमिक मानिन्छ । पुरुष पोर्न अभिनेताको तुलनामा महिलालाई बढी पैसा प्राप्त हुन्छ । उनीहरुले एक सीनका लागि ६ सयदेखि ८ सय अमेरिकी डलरसम्म प्राप्त गर्ने गर्छन् ।
आजभन्दा १५ वर्षअघि पोर्न फिल्म उद्योगको व्यापार निकै उच्च रहेको थियो । त्यतिबेला पोर्न फिल्म बनाउने कम्पनीले दरिलो रकम हासिल गर्दथे । सो समय यो फिल्म क्षेत्रलाई मुलधारको उद्योगका रुपका स्वीकार गर्नसमेत दबाव बढेको थियो । त्यतिबेलाका पोर्न फिल्मका सबैभन्दा ठूला स्टार जोन डाग  थिए । सो समय उनको निकै क्रेज थियो । उनलाई विविड भिडियो कम्पनीले आफूसँग मात्र काम गर्न कारार गरेका थिए । । तर, जोन डागले आठ वर्षपछि आत्महत्या गरे । पोर्न उद्योगमा संलग्नहरुका अनुसार उनले आर्थिक दबावका कारण आत्महत्या गरेका बताएका छन्।
तर अहिले परिस्थितीमा पोर्नस्टारहरुको  आर्थिक स्थितीमा गिरावत आएको छ । पोर्न स्टारहरु आजभोली कामको लागि संघर्ष गरिरहेका छन् ।  जसले गर्दा हाल अमेरिकामा कयौं महिला पोर्नस्टारहरु यौनकर्मीको रुपमा काम गर्न पनि पछि परेका छैनन् । आफ्नो निजी जिवनयापनको लाग आर्थिक श्रोतको अभाव भएपछि बढी रकम कमाउनको लागि उनीहरुले यो पेशा अपनाउन थालेको बताइएको छ ।

No comments:

Post a Comment